
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले छैठौं बार्षिक साधारणसभाले सम्पन्न गरेको छ ।
काठमाडौं, बालुवाटारमा शुक्रबार कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गर्दै लेखापरीक्षकको प्रतिबेदनसहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यसैगरी साधारणसभाले आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु पारित गरेको छ ।
साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत अर्थात रु. १,४३,१६,९७५।०० नगद लाभांश दिने निर्णय गरेको छ भने चालू आ.व.मा कम्पनीले विभिन्न इजाजत प्राप्त सेवाका माध्यमहरुबाट रु ५,८०,९९,०७०।०० आम्दानी गर्न सफल हुँदै रु. १,६२,३०,६१९।०० बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएको आयोजित साधारणसभामा कम्पनी अध्यक्ष न्यौपानेले जानकारी दिए ।
यसैगरी कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्धाश्रममा तातो न्यानो तथा खाद्यान्नको व्यवस्था, विभिन्न विध्यालयहरुमा शुद्ध पिउने पानी, शैक्षिक सामाग्री वितरण, वित्तिय साक्षरता घरदैलो कार्यक्रमलागायत गरिएको प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले बताए भने रु एक करोड ६२ लाख बराबरको खूद नाफा आर्जन गरेको स्मरण गराउदै वर्तमान स्थितिलाई आधार बनाइ प्रतिफल वृद्धि गर्ने र सस्थालाइ अझ सुदृध बनाइनेमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
यसै अनुरुप कम्पनीले अघिल्लो बर्सको तुलनामा यस बर्स २१९६१ प्रतिशत वृद्धि गरेको छ । साथै कम्पनीको संचालकमा पुनः दिप प्रकाश पाँडेलाई निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


