२०८३, कार्तिक ११ गते बुधबार

पुन:निर्माण गरिँदै ऐतिहासिक शिवमन्दिर

पुन:निर्माण गरिँदै ऐतिहासिक शिवमन्दिर


  • मेरोभ्यूज
  • भाद्र १३, २०८२ शुक्रबार

  • पुन:निर्माण गरिँदै ऐतिहासिक शिवमन्दिर

     

    लमजुङ । यहाँको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुन:निर्माण शुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ ।

    वर्षौँसम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो । २०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुन:निर्माण शुरु गरिएको हो ।

    आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण शुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब रु. १९ लाख सङ्कलन गरेका थिए ।

    सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा बिछ्याउने कार्य, चौतारा निर्माण, ट्रष्ट स्थापनालगायतका काम सम्पन्न भएका छन् ।

    यी संरचनाले मन्दिरको धार्मिक र भौतिकस्वरूप परिवर्तन भएको छ । समितिले विभिन्न सङ्घ/संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ ।

    वि.सं. २०७८ देखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्वक विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ । त्यसयता पुरातत्वविभागले पुन:निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

    मन्दिरमा हाल दैनिक नित्य पूजा-आरती हुँदै आएको छ । हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा रु. २१ करोड विनियोजन गरे पनि बरेटार शिवमन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ ।

    “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा पर्यो,” अध्यक्ष श्रेष्ठले भने ।

    यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

    त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १३ २०८२०९:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार