२०८३, कार्तिक १३ गते शुक्रबार

विभिन्न प्रस्तावहरु पारित गर्दै बेनी हाइड्रोपावरको १९औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्तावहरु पारित गर्दै बेनी हाइड्रोपावरको १९औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • भाद्र १३, २०८२ शुक्रबार

  • विभिन्न प्रस्तावहरु पारित गर्दै बेनी हाइड्रोपावरको १९औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १९औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, टङ्गालमा हालै कम्पनीका अध्यक्ष गणेश कार्कीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गर्दै लेखापरीक्षकको प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब साधारणसभामा पारित भएको छ ।

    त्यसैगरी आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध आइपिओ निष्कासन गर्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा जनाइए अनुसार आ.व. २०८०/०८१ को अन्य सम्ममा कम्पनीको अधिकृत पूँजी रु. १,०४,००,००,०००।०० रहेकोमा जारी पूँजी रु. १,०४,००,००,०००।०० नै रहेको र रु. ८३,२०,००,०००।०० चुक्ता पूँजी रहेको छ ।

    यसैगरी साधारणसभामा कम्पनी अध्यक्ष कार्कीले शेयरधानीहरुबाट सोधिएका जिज्ञासाको समाधान गरेका थिए ।

    सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकास्थित सोलुखोलामा हाइड्रोपावर पावर प्रोजेक्ट रहेको छ् भने आयोजनाको हाल १९.८ मे. वा. कुल क्षमता रहेको छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १३ २०८२०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार