२०८३, कार्तिक १३ गते शुक्रबार

नाईल सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार १२ करोड नाघ्यो

नाईल सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार १२ करोड नाघ्यो


  • मेरोभ्यूज
  • भाद्र १४, २०८२ शनिबार

  • Nile Agm ktm 14a .jpg

    काठमाडौं । नाईल बचत तथा ऋण सहकारी सस्था लि. रविभवन, काठमाडौंको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, नैकापमा सस्थाका अध्यक्ष निलमणि पाठकको सभापतित्वमा शनिबार सम्पन्न सो साधारणसभाले अध्यक्ष पाठकद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखा समितिको प्रतिबेदन, लेखा परीक्षकको प्रतिबेदन साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, आगामी बजेट सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत चालू आ.व.को वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी १ करोड ७० लाख ३१ हजार रुपैयाँ हुँदा बचत निक्षेप ९ करोड ३४ लाख ६७ हजार ४९९ रुपैयाँको भएको छ । १० करोड ११ लाख २६ हजार ९५० रुपैयाँ कर्जा लगानी रहेको सो सहकारीको विविध गरि चालु आ.व.मा कूल कारोबार १२ करोड ६६ लाख ४८ हजार १२९ रुपैयाँको हुन गएको छ ।

    साधारणसभामा सहकारी अभियन्ता, सहकारीकर्मी, व्यापारी, सहकारीमा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Nile Agm ktm 14b .jpg


    प्रकाशित : शनिबार, भाद्र १४ २०८२१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार