काठमाडौं । इन्द्रकमल बचत तथा ऋण सहकारी सस्था लि.मध्यपुर थिमी भक्तपुरले १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
भक्तपुर, कौशलटारमा सस्थाका अध्यक्ष चेतोनाथ गौतमको सभापतित्वमा शनिबार सम्पन्न गरिएको सो साधारणसभाले अध्यक्ष गौतमद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने साधारणसभामा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, कोषाध्यक्ष तथा लेखापरिक्षण प्रतिबेदन पारित भएको छ ।
त्यसैगरी सस्थाका सचिवद्वारा प्रस्तुत ऋण लगानी तथा असुली सम्बन्धी प्रतिबेदन, आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, आगामी बजेट सम्बन्धलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड २९ लाख ५९ हजार ५०० रुपैयाँको भएको छ भने निक्षेप तथा बचत ३३ करोड ३४ लाख ४० हजार ८३३ रुपैयाँ भइ कर्जा लगानी ३३ करोड २९ लाख ६७ हजार ४७२ रुपैयाँको हुन गइ सस्थाले चालु आ.व.मा सो पूँजी तथा दायित्वतर्फ ४३ करोड ४ लाख ६७ हजार ३९१ रुपैयाँको कारोबार गर्न सफल भएको छ । कुल गैर चालु सम्पतितर्फ ४३ करोड ४७ लाख ५० हजार ७२ रुपैयाँको कारोबार गर्न सस्था सफल भएको छ ।
सहकारी अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारी, सहकारीकर्मीलगायतको उपस्थिति रहेको सो साधारणसभा विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

