२०८३, कार्तिक १२ गते बिहीबार

पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान

पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान


  • रासस
  • पौष ३०, २०७८ शुक्रबार

  • पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान

    काठमाडाैं । पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे ।

    महानगपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए । डा शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए ।

    प्रतिष्ठानका उपकुलपति डा राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए । कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो । प्लान्टबाट दैनिक २२० सिलिण्डर अक्सिजन भर्न सकिनेछ ।


    प्रकाशित : शुक्रबार, पौष ३० २०७८१०:१३
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार