२०८३, कार्तिक १५ गते आइतबार

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो


  • मेरोभ्यूज
  • भाद्र १५, २०८२ आइतबार

  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

     

    पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो ।

    उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएका थिए ।

    ''करिब रु. एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ'', लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न सफल भएको उनले भने ।

    जितपुर–सिमरा उपमहानगर-२३ मा रहेको उक्त उद्योगले सय जनालाई रोजगारी दिएको छ । उद्योगको वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ ।

    उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर रु. नौ सयदेखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु. ४० करोड लगानी भएको छ ।

    यसैबीच वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको जानकारी दिए ।


    प्रकाशित : आइतबार, भाद्र १५ २०८२१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार