
ललितपुर । सोपान फर्मास्युटिकल्स लिमिटेडको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
ललितपुर, ईमाडोलमा कम्पनीका अध्यक्ष डा. अनिल पोख्रेलको सभापतित्वमा आइतबार सम्पन्न सो साधारणसभाले अध्यक्ष डा. पोख्रेलद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिबेदनसहित वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा जनाइए अनुसार कम्पनीको अधिकृत पूँजी रु. २ अर्ब रहेको छ भने जारी तथा चुक्ता पूँजी १ अर्व ७१ करोड ६० लाख रहेको छ । प्रस्ताबित चुक्ता पूँजी मध्ये ७५ प्रतिशत अर्थात रु. १ अर्व २८ करोड ७० लाख सस्थापकतर्फको रहेको छ भने २५ प्रतिशत रु. ४२ करोड ९० लाख शेयर सर्वसाधारण तर्फबाट रहेको कम्पनीले जनाएको छ ।
चालू आ.व.मा कम्पनीको कूल खुद स्थिर सम्पत्ति रु. १,४७,५०,१७,८३४।०० हुँदा रु. २४,१३,०८,३८६।०० आ.व. २०८१/०८२ मा कम्पनीले नाफा गरेको छ ।
हालसम्म कम्पनीले १९२ भन्दा बढी प्रकारका औषधिहरुको अनुसन्धान तथा विकास गरेको अध्यक्ष पोख्रेलले बताए भने सरकारबाट १३६ प्रकारका औषधिहरु औषधिहरु उत्पादन अनुमति प्राप्त गरेको २७ प्रकारका औषधिहरु अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको र ९२ प्रकारका औषधिहरु बजार अनुमतिसमेत प्राप्त गरिसकेको जानकारी दिए ।
यसैगरी बजार व्यवस्थापनमा वृद्धि गर्ने, औषधि उत्पादनमा वृद्धि गर्ने र गुणस्तरीय औषधि उत्पादन प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अध्यक्ष पोख्रेल तथा अन्य पदाधिकारीले गरेका थिए ।


