२०८३, कार्तिक १२ गते बिहीबार

किरात संस्कृति जोडिएको 'दिमालुङ स्मारक उद्यान'को संरक्षण

किरात संस्कृति जोडिएको 'दिमालुङ स्मारक उद्यान'को संरक्षण


  • मेरोभ्यूज
  • भाद्र १७, २०८२ मंगलबार

  • किरात संस्कृति जोडिएको 'दिमालुङ स्मारक उद्यान'को संरक्षण

     

    भोजपुर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित 'दिमालुङ स्मारक उद्यान'को संरक्षण गरिएको छ ।

    किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो ।

    किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी–२ र ३ मा पर्ने यहाँ उद्यानसँगै आसपासमा पदमार्गसमेत आवश्यक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । पार्कस्थलको घेराबारा, दिमाको प्रतिमासँगै रचना निर्माण गरिएको उनको भनाइ छ ।

    ''गाउँपालिका र प्रदेश सरकारको लगानीमा यहाँ दिमालुङ उद्यान निर्माण गरेका छौँ'', प्रशासकीय अधिकृत निरौलाले भने, ''किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो ।''

    किरात इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उद्यान निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

    यो स्थान गाउँपालिकाले निर्माण गरेको 'जोर आहाल, शङ्मचुली, दिमालुङ' पदमार्गको अन्तिम विन्दुमा पर्ने भएकाले यहाँ पर्यटनको सम्भावना रहेको अध्यक्ष राईको भनाइ छ ।

    यहाँ पर्यटक लक्षित गरी किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् । किरात ईतिहास बोकेको विशेष दिमालुङ ढुङ्गाको संरक्षण गर्दै स्मारक निर्माण गरिएको अध्यक्ष राईले बताए ।

    ''किरातहरुको इतिहास जोडिएको यो स्थानको संरक्षण गरेका छौँ'', अध्यक्ष राईले भने, ''राई भाषामा 'दिमा' भनेको बोजु र 'लुङ' भनेको ढुङ्गा हुने भएकोले पार्कको नाम दिमालुङ रहेको हो । यो ठाउँले ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेका हौँ ।''

    पर्यटकलाई लक्षित गरेर करिब चार रोपनी क्षेत्रमा दिमालुङ स्मारक र नजिकै करिब १५ रोपनी क्षेत्रमा दिमालुङ उद्यान निर्माण गरिएको छ । किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् ।

    पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासले हतुवा क्षेत्रको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए । यस्ता ठाउँको प्रचार-प्रसार गरेर गाउँपालिकाको राम्रो आर्थिक स्रोतको रुपमा जोड्न सकिने उनको भनाइ छ ।


    प्रकाशित : मंगलबार, भाद्र १७ २०८२१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार