२०८३, कार्तिक १३ गते शुक्रबार

व्यावसायिक अनारखेतीबाट रु. ५० लाख आम्दानी

व्यावसायिक अनारखेतीबाट रु. ५० लाख आम्दानी


  • मेरोभ्यूज
  • भाद्र १८, २०८२ बुधबार

  • व्यावसायिक अनारखेतीबाट रु. ५० लाख आम्दानी

     

    डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिकरूपमा अनारखेती गरेर वार्षिक रु. ५० लाख कमाउने लक्ष्य राखेका छन् ।

    अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ ।

    वार्षिक रु. ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनारखेती शुरु गरेका हुन् ।

    महादेव अनारखेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै रु. वीस हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो ।

    दश महिनाअघि रोपिएका दस हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनारखेती समूहले जनाएको छ ।

    यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु. ६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिए ।

    उनका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

    बृहत् अनारखेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु–२ का वडाध्यक्ष शिवराज भट्टले बताए ।

    बडीमा शुरु गरिएको बृहत् अनारखेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्नसक्ने उनको भनाइ छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त भएकोले ‘अनारखेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

    किसानले लगाएको अनार फल्न शुरु भएकोले सो क्षेत्र व्यावसायिक अनारखेतीका लागि उपयुक्त मानिएको उनले बताए । उनका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ ।


    प्रकाशित : बुधबार, भाद्र १८ २०८२१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार