२०८३, कार्तिक ११ गते बुधबार

जय श्री माता नवदुर्गा साकोसको १६औ बार्षिक साधारणसभा सम्पन्न कारोबार ५७ करोड नजिक

जय श्री माता नवदुर्गा साकोसको १६औ बार्षिक साधारणसभा सम्पन्न कारोबार ५७ करोड नजिक


  • मेरोभ्यूज
  • भाद्र २०, २०८२ शुक्रबार

  • जय श्री माता नवदुर्गा साकोसको १६औ बार्षिक साधारणसभा सम्पन्न कारोबार ५७ करोड नजिक

     

    काठमाडौं । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी सस्था लि. बालाजु, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    नेपालटार काठमाडौंमा हालै सस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको सभापतित्व तथा नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले संचालक  समितिको  तर्फबाट सस्थाका अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले कोषाध्यक्षको प्रतिबेदन, लेखासुपरीबेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८१/०८२ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, संचालक तथा लेखा समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध सस्थाको आगामी बजेट सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएको छ ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी २ करोड ४१ लाख २० हजार ९ सय रुपैयाँ हुँदा ऋण सापटि ४३ करोड ७७ लाख ४० हजार ७६ रुपैयाँको भएको छ ।

    त्यसैगरी बचत ४० करोड ३३ लाख ४९ हजार ३१ रुपैयाँको भएको सो सहकारीले चालू आ.व.मा विविध करोबार गरि ५६ करोड ८२ लाख ४३ हजार ३३२ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा सहकारीकर्मी, सहकारी अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विभिन्न महानुभवहरुलाई पुरस्कार प्रदान तथा सम्मानसमेत गरि साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शुक्रबार, भाद्र २० २०८२११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार