पोखरा । नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट शुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रीत अभियान पुनः शुरु गर्ने भएको छ ।
बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट शनिबार दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्कबाट पुनः शुरु हुने भएको हो ।
साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि शुरु गर्ने निर्णय गरेका थिए ।

