
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको अभियान टोली लमजुङको भोर्लेटारमा मर्निङ वाक गर्नेक्रममा जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेको छ ।
अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्नुका साथै सहिद राममणी भट्टराईको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेको छ ।


