लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको अभियान टोली हालै लमजुङको भोर्लेटारमा मर्निङ वाक गर्ने क्रममा श्री ईशानेश्वर माध्यमिक विद्यालय पुगेको छ ।
सो अवसरमा अध्यक्ष प्रचण्डले विद्यालयको अवलोकन गर्दै शैक्षिक अवस्था तथा आवश्यकताबारे जानकारी लिएको विद्यालय स्रोतले जनाएको छ ।

