२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष दाहालले लमजुङ कृषि क्याम्पसको अवलोकन, समस्या समाधान पहलकदमी लिने प्रतिबद्धता

अध्यक्ष दाहालले लमजुङ कृषि क्याम्पसको अवलोकन, समस्या समाधान पहलकदमी लिने प्रतिबद्धता


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • Pushpakamal Dahal Prachanda 22j .jpg

    लमजुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली हालै लमजुङ कृषि क्याम्पसमा पुगेको छ ।

    क्याम्पस प्रमुख रामकुमार श्रेष्ठले अध्यक्ष प्रचण्डसहितको टोलीलाई क्याम्पसबारे जानकारी गराउँदै यस संस्थानलाई मध्यपहाडी क्षेत्रकै स्रोत केन्द्र र कृषि अनुसन्धानको प्रमुख आधारका रूपमा विकास गर्न सकिने बताए ।

    अध्यक्ष दाहालले भौतिक संरचना अभाव, जनशक्ति कमी र प्रयोगशालाको सीमितताजस्ता समस्या क्याम्पसले व्यहोर्दै आएको जानकारी गराए ।

    अध्यक्ष प्रचण्डले कृषि विद्यार्थीको हैसियतले पनि क्याम्पसप्रति आफ्नो विशेष चासो रहेको बताउँदै यहाँको सम्भावना निकै ठूलो भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले क्याम्पसलाई मध्यपहाडी क्षेत्रकै कृषि अनुसन्धान र कृषकहरूको सहयोगी केन्द्र बनाउन सकिने प्रस्ट पार्दै पार्टीतर्फबाट समस्या समाधानमा सहयोग रहने प्रतिबद्धता जनाए ।

    साथै, मध्यपहाडी लोकमार्ग र क्याम्पसका बीच रहेको समस्या समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने  पनि अध्यक्ष प्रचण्डले विश्वास दिलाएको छ ।

    Pushpakamal Dahal Prachanda 22h .jpg


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार