काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जे (Gen Z)को आक्रोश स्वाभाविक भएको बताएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जेन जे (Gen Z)को भोलि गर्न लागेको प्रदर्शनलाई स्वभाविक भएको बताएको हो ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अबरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएको छ । उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोध विरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए ।
“सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,” प्रचण्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेको छ ।
प्रचण्डले भ्रष्टाचार विरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताएको छ ।

