२०८३, कार्तिक १२ गते बिहीबार

निर्धन विकास साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

निर्धन विकास साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • निर्धन विकास साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

     

    काठमाडौं । हालै निर्धन विकास बचत तथा ऋण सहकारी सस्था लि. नयाँबानेश्वर काठमाडौंको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष निकेन्द्रबहादुर रावलको सभापतित्वमा नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष रावलद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन, आयव्यय हिसाब, आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    चालू आ.व.मा प्रस्तुत वासलात हिसाब अनुसार सस्थाको चुक्ता शेयर पूँजी २ करोड ६० लाख २१ हजार १०० रुपैयाँको हुँदा निक्षेप दायित्व ७ करोड ६२ लाख १२ हजार ९२१ रुपैयाँको भएको छ ।

    कर्जा तथा सापटी ८ करोड ६९ लाख ५१ हजार ८१० रुपैयाँ भइ जगेडा कोष ४२ लाख ४२ हजार २४ रुपैयाँ रहन गएको छ ।

    यसैगरी विविध कारोबार गरी चालू आ.व.मा सस्थाले १० करोड ७३ लाख ८३ हजार ११६ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारी अभियन्ता, सहकारीकर्मी, समाजसेवी, सस्थामा आवद्ध कारोबारीको उपस्थिति रहनुका साथै विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२११:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार