२०८३, कार्तिक १३ गते शुक्रबार

सहस्रधारा साकोसको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सहस्रधारा साकोसको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • सहस्रधारा साकोसको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

     

    काठमाडौं । सहस्रधारा बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, बानेश्वरको १९औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    हालै काठमाडौं, तिनकुनेमा सस्थाका अध्यक्ष वासुदेव ढुङ्गानाको सभापतित्व तथा रास्ट्रिय सहकारी बैक संचालक ध्रुवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले अध्यक्ष ढुङ्गानाद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभामा सचिवद्वारा प्रस्तुत प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२/०८३ को अनुमानित आयव्यय, लेखा समितिको प्रतिबेदन, लाभांश वितरण सम्बन्ध पारित भएका छ्न् भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    साधारणसभामा चालू आ.व.को प्रस्तुत वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी २ करोड २१ लाख ७० हजार ४०० रुपैयाँ हुँदा बचत रकम १७ करोड ६० लाख ६५ हजार ७८१ रुपैयाँको भएको छ ।

    त्यसैगरी ऋण सापटी १४ करोड ६७ लाख ५९ हजार ८५ रुपैयाँ भइ जगेडा १ करोड ४ लाख ४२ हजार १९५ रुपैयाँ रहन गएको छ भने विविध करोबार गरी चालू आ.व.मा सस्थाले २१ करोड ३६ लाख ६५ हजार ८९३ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, वित्तिय विज्ञ, सहकारीमा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने एसइइमा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा, उत्कृष्ट कारोबारी, कर्मचारीलगायतलाई साधारणसभामा सम्मान गरिएको थियो ।


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार