काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
काठमाडौं, गौशालामा कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा शुक्रबार सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको हालै प्रतिबेदन पारित गरेको छ ।
साधारणसभामा लेखा परिक्षकको प्रतिबेदनसहित आ.व. २०८१/०८२ को वासलात, नाफा- नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभाले पारित गरेको छ ।
चालू आ.व. २०८२/०८३ को पहिलो त्रैमासिक आन्तर्गत २०८२ श्रावण महिनाको काबेली-बि १ जलविद्युत आयोजनाबाट १,२०,१६,९७० किलोवाट घण्टा विद्युत उत्पादन गरि रु. ६,६२,६५,८५० आम्दानी गर्न कम्पनी सफल भएको छ ।
साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार आ.व. २०८२ मा कूल नाफा १८,६८,७९,२५३ रुपैयाँ भइ खुद नाफा १६,९०,८४,३६६ रुपैयाँको भएको छ । चुक्ता पूँजी रु. १३२ करोड रहेकोमा आ.व. २०८२ असार मसान्तसम्म रु. ३८९.५९३ करोड हुन गएको छ ।
साधारणसभामा हाइड्रोपावरको विभिन्न प्रगति विवरण वृतचित्रमार्फत प्रकाश पारिएको थियो भने शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अध्यक्ष न्यौपानेले गरेका थिए ।
काबेली-बि १ जलविद्युत परियोजना पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना काबेली नदिमा अवस्थित छ भने कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं, थापाथलीमा रहेको छ ।

