२०८३, कार्तिक १२ गते बिहीबार

लक्ष्मीनारायण साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार ३७ करोड नाघ्यो

लक्ष्मीनारायण साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार ३७ करोड नाघ्यो


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • Harinarayan Saccos 3a .jpg

    काठमाडौं । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी सस्था लि.,कागेश्वोरी काठमाडौंको १८औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । काठमाडौं, कागेश्वोरीमा सस्थाका अध्यक्ष शङ्कर थापाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष थापाद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को शुक्रबार प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले आर्थिक प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, लाभांश वितरण सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्था एकीकरण, आगामी बजेट सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ३ करोड ५९ लाख ४० हजार ६०० रुपैयाँ हुँदा निक्षेप हिसाब २४ करोड ६४ लाख १३ हजार ३६७ रुपैयाँ भइ ऋण लगानी २० करोड ३६ लाख २२ हजार ६९० रुपैयाँ हुन गएको छ । जगेडा ७ करोड ५६ लाख १६ हजार २१ रुपैयाँ रहेको सो सहकारीले विविध गरि चालू आ.व.मा ३७ करोड २० लाख ६० हजार ५२८ रुपैयाँको कूल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा ज्येष्ठ नागरिक, उत्कृष्ट कारोबारी तथा विध्यार्थीहरुलाई सम्मान गरिएको थियो भने छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, जनप्रतिनिधि, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्तिथि रहेको थियो । यसैबीच विविध कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Harinarayan Saccos 3b .jpg


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार