२०८३, कार्तिक १३ गते शुक्रबार

सहलह:सहकारीले विभिन्न प्रस्तावहरु पारित गर्दै १७औं बार्षिक साधारणसभा सम्पन्न गर्यो

सहलह:सहकारीले विभिन्न प्रस्तावहरु पारित गर्दै १७औं बार्षिक साधारणसभा सम्पन्न गर्यो


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • सहलह:सहकारीले विभिन्न प्रस्तावहरु पारित गर्दै १७औं बार्षिक साधारणसभा सम्पन्न गर्यो

     

    काठमाडौं । सहलह:बचत तथा ऋण सहकारी सस्था लि. गल्कोपाखा काठमाडौंले १७औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    काठमाडौं, गल्कोपाखामा शनिबार सस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२/०८३ को प्रस्तावित बजेट, लाभांश वितरण सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी १ करोड ७४ लाख ७६ हजार १०० रुपैयाँ भइ बचत निक्षेप १४ करोड ५६ लाख ४० हजार ७३३ रुपैयाँ भएको छ भने ऋण सापटी १२ करोड ४३ लाख ८५ हजार ६७६ रुपैयाँको हुन गइ विविध कारोबार गरि चालू आ.व.मा सस्थाले १७ करोड ५७ लाख ७३ हजार ३३१ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार