काठमाडौं । खोटाङ्ग जलेश्वरी बचत तथा ऋण सहकारी सस्था लि. बुढानिलकण्ठ, कपन काठमाडौंको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, कपनमा शनिबार सस्थाका अध्यक्ष हेमकुमार राईको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राईद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षण प्रतिबेदन, आयव्यव विवरण सम्बन्ध, लेखासुपरीबेक्षण समितिको प्रतिबेदन, अनुमानित बजेट सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण, सस्था एकिकरणलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
चालू आ.व.मा सस्थाको शेयर पूँजी १ करोड ६७ लाख ७७ हजार ९०० रुपैयाँको छ भने बचत निक्षेप ९ करोड २८ लाख २१ हजार ४०३ रुपैयाँ भइ ऋण लगानी ९ करोड ६२ लाख ५ हजार ७५३ रुपैयाँको हुन गएको छ ।
जगेडा ४६ लाख ४४ हजार ४७६ रुपैयाँ हुँदै विविध कारोबार गरि चालु आ.व.मा सस्थाले ११ करोड ९१ लाख ४६ हजार ५९९ रुपैयाँको कूल कारोबार गरेको छ । १० प्रतिशत लाभांश वितरण गरिने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।

