२०८३, कार्तिक १३ गते शुक्रबार

अष्टमातृका साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

अष्टमातृका साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन


  • मेरोभ्यूज
  • आश्विन ५, २०८२ आइतबार

  • अष्टमातृका साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

     

    ललितपुर । अष्टमातृका बचत तथा ऋण सहकारी सस्था लि.को १७औं बार्षिक साधारणसभाले बिष्णु गोविन्द थापालाई अध्यक्षमा चयन गरेको छ ।

    ललितपुर, बागडोलमा हालै सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा भाइरत्न महर्जन, सचिवमा राजुप्रताव राणा, कोषाध्यक्षमा रवि थापा मगरलाई चयन गरेको छ भने संचालक सदस्यहरुमा सृजनाकुमारी थापा, महेशकुमार थापा, रामभक्त थापा मगरलाई चयन गरेको छ ।

    त्यसैगरी लेखा संयोजकमा प्रदिपकुमार यादव चयन भएका छन् । सदस्यहरुमा बाबुकृष्ण महर्जन र मिरा थापा चयन भएका छन् ।

    निवर्तमान अध्यक्ष पुष्प थापा मगरको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने आ.व. २०८१/०८२ को वासलात, आयव्यय, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आगामी बजेट सम्बन्ध साधारणसभाले पारित गरेको छ ।

    त्यसैगरी आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् । साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी १ करोड ३२ लाख ७५ हजार १०० रुपैयाँ भएको छ भने बचत तथा निक्षेप १८ करोड २४ लाख ३४ हजार ३०० रुपैयाँ भइ ऋण लगानी १० करोड ७७ लाख १७ हजार ३२१ रुपैयाँको हुन आएको छ ।

    एक करोड ६७ लाख १७ हजार ७०१ रुपैयाँ जगेडा रहेको सो सहकारीले विविध गरी चालू आ.व.मा २४ करोड ५८ लाख २० हजार ३९० रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाई सहकारीकर्मी, अभियन्ता, सहकारीमा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : आइतबार, आश्विन ५ २०८२०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार