२०८३, कार्तिक १५ गते आइतबार

बाढीको जोखिममा रहेका तीन सय ९३ जनालाई सुरक्षित स्थानमा सारियो

बाढीको जोखिममा रहेका तीन सय ९३ जनालाई सुरक्षित स्थानमा सारियो


  • मेरोभ्यूज
  • आश्विन १८, २०८२ शनिबार

  • बाढीको जोखिममा रहेका तीन सय ९३ जनालाई सुरक्षित स्थानमा सारियो

     

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका तीन सय ९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।

    अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका तीन सय ९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

    महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा विद्यालयमा सारेको जानकारी दिएको छ ।

    नगर प्रमुख शाहका अनुसार विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यिमक विद्यालय, सिनामङ्गगलमा ५२ जना, जन विकास माध्यमिक विद्यालयमा कुलेश्वरमा ५२ परिवारका दुई सय ५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा वीस जनालाई राखिएको छ ।

    महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर)को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ । महानगरले कुनै समस्या परेमा १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।


    प्रकाशित : शनिबार, आश्विन १८ २०८२१०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार