२०८३, कार्तिक १३ गते शुक्रबार

माथिल्लो मैलुङ्ग हाइड्रोपावरको १२औं बार्षिक साधारणसभा सम्पन्न, रिक्त रहेको संचालक सदस्यको पदपूर्ति

माथिल्लो मैलुङ्ग हाइड्रोपावरको १२औं बार्षिक साधारणसभा सम्पन्न, रिक्त रहेको संचालक सदस्यको पदपूर्ति


  • मेरोभ्यूज
  • आश्विन २४, २०८२ शुक्रबार

  • Milong Saccos 24a .jpg

    काठमाडौं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, सुकेधारामा कम्पनीका अध्यक्ष रामेश्वर रिजालको सभापतित्वमा शुक्रबार सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आ.व. २०८२ को असार मसान्तसम्मको वासलात हिसाब, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभा दिइएको जानकारी अनुसार चालू आ.व.मा कम्पनीको ( १४.३ मे. वा.) बाट जम्मा ६,४७,३३,८३० किलोवाट घन्टा विद्युत उत्पादन गरी विद्युत बिक्रीबाट रु. ३४,९५,६०,८८६ कम्पनीले आम्दानी गरेको छ ।

    आम्दानीबाट ऋण प्रदायक बैंकहरुलाई कुल सावाँ बापत रु. ५,०४,६९००० र खर्च बापत रु. १७,२३,२१,५७३ भुक्तान कम्पनीले गरेको छ भने सन् २०२६ सम्मको लागि पिआइको कुल बिमाङ्क रकम रु. १,९८,५४,१८,९७८ एलओपिको कुल बिमाङ्क रकम रु. ४५,५६,९०,४२९ र पिएलको कुल बिमाङ्क रकम रु. १,००,००,००० शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको आयोजित साधारणसभामा कम्पनीले जनाएको छ ।

    त्यसैगरी कम्पनीको दोस्रो आयोजनाअन्तर्गत मध्य मैलुङ्ग खोला र १७ मे. वा. जडित क्षेमताको तेस्रो माथिल्लो मैलुङ्ग वी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौताको प्रक्रियामा रहेको समेत साधारणसभामा जानकारी गाराइएको थियो ।

    चालू आ.व.मा कम्पनीको अधिकृत पूँजी रु. २,१०,००,००,००० रहेको छ भने जारी पूँजी १,००,००,००,००० रहदा चुक्ता पूँजी पनि रु. १,००,००,००,००० नै रहेको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट राखिएको जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष रिजाल तथा अन्य पदाधिकारीले दिएका थिए भने रिक्त रहेको ३ संचालक सदस्यहरुमा घनश्याम थापा, राजनप्रसाद अमात्य र शरद वस्याललाई निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।  

    कम्पनीको आयोजना रसुवा जिल्लास्थित उत्तरगया गाउँपालिका-१ मा अवस्थित छ भने काठमाडौं धुम्बाराहीमा केन्द्रिय कार्यालय रहेको छ ।

    Milong Saccos 24b .jpg


    प्रकाशित : शुक्रबार, आश्विन २४ २०८२११:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार