२०८३, कार्तिक १३ गते शुक्रबार

कम्फोर्ट साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

कम्फोर्ट साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन २५, २०८२ शनिबार

  • कम्फोर्ट साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । कम्फोर्ट बचत तथा ऋण सहकारी सस्था लि.निर्मलमार्ग काठमाडौंको १८औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    काठमाडौं, नयाँबजारमा सस्थाका अध्यक्ष प्रकाशसिंह प्रधानको सभापतित्वमा सो साधारणसभाले अध्यक्ष प्रधानद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले चालू आ.व.को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, लेखा समितिको प्रतिबेदन पारित गरेको छ भने आगामी बजेट सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी १ करोड ५५ लाख ४५ हजार ९०० रुपैयाँको भएको छ भने बचत तथा निक्षेप १६ करोड ६८ लाख ५६ हजार ९२२ रुपैयाँ भइ ऋण लगानी १४ करोड ९९ हजार ६०३ रुपैयाँको हुन गएको छ ।

    सस्थाको जगेडा कोष १ करोड ६५ लाख २५ हजार ९६ रुपैयाँको रहन गएको छ भने विविध कारोबार गरी चालु आ.व.मा सस्थाले २१ करोड ९५ लाख ६६ हजार २६८ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, आश्विन २५ २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार