२०८३, कार्तिक १२ गते बिहीबार

अखण्ड सहकारीको १७औं बार्षिक साधारणसभा सम्पन्न, सस्थाको नेतृत्वमा पुन: लम्साल

अखण्ड सहकारीको १७औं बार्षिक साधारणसभा सम्पन्न, सस्थाको नेतृत्वमा पुन: लम्साल


  • मेरोभ्यूज
  • आश्विन २५, २०८२ शनिबार

  • Akhanda Saccos 25a .jpg

    काठमाडौं । अखण्ड बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, कलङ्कीको १७औं बार्षिक साधारणसभाले दामोदर लम्साललाई सस्थाको अध्यक्षमा पुन: निर्वाचित गरेको छ ।

    काठमाडौं, कलङ्कीमा शनिबार सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा चन्द्रकला पोखरेल, सचिवमा जनककुमार खडका, कोषाध्यक्षमा इन्दिरा अधिकारीलाई निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा कृष्णकुमार तुलाधर, जयराम घिमिरे, लक्ष्मी के.सी., बसुन्धरा बास्तोला, दिपक पौडेल र गणेश ढकाल निर्वाचित भएका छन् ।

    साधारणसभामा अध्यक्ष लम्सालद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ भने चालु आ.व.को लेखापरीक्षण प्रतिबेदन, लेखासुपरिबेक्षण प्रतिबेदन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    त्यसैगरी निर्वाचन सम्बन्ध, आगामी बजेट तथा लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    चालु आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ६८ लाख ३९ हजार २०० रुपैयाँको भएको छ भने बचत हिसाब १४ करोड ६४ लाख ९४ हजार ५५७ रुपैयाँ भइ कर्जा लगानी २० करोड १५ लाख १ हजार १०१ रुपैयाँ हुन गएको छ ।

    वैसाठ्ठी लाख ७८ हजार ६६८ रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले विविध गरी चालु आ.व.मा २८ करोड ६७ लाख ९४ हजार १२३ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो भने विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

    Akhanda Saccos 25b .jpg


    प्रकाशित : शनिबार, आश्विन २५ २०८२१०:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार