काठमाडौं । नव-धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. टोखा काठमाडौंको १८औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
काठमाडौं, सामाखुशीमा सस्थाका अध्यक्ष सन्तोष अधिकारीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष अधिकारीद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन पारित गरेको छ भने आगामी बजेट सम्बन्ध, सस्था एकिकरण गर्ने सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसान अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ६ करोड ५४ लाख ११ हजार ७०० रुपैयाँको भएको छ भने निक्षेप हिसाब १० करोड ७५ लाख ३ हजार ५१२ रुपैयाँ भइ ऋण लगानी १३ करोड ५६ लाख ६७१ हुन गएको छ ।
त्यसैगरी विविध कारोबार गरी चालु आ.व.मा सस्थाले २२ करोड ५४ लाख ७ हजार ८४३ रुपैयाँको कुल कारोबार गरेको छ ।
साधारणसभामा सस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो भने हाल सहकारीमा १४४६ जना सदस्यहरु रहेका छन् ।
यसैगरी साधारणसभामा उपस्थित कारोबारीहरुले राखेका जिज्ञासाको जवाफ अध्यक्ष अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत सुदर्शन अधिकारीले दिएका थिए ।
सहकारीकर्मी, अभियन्ता, समाजसेवीलगायतको समेत सहभागिता साधारणसभामा रहेको थियो ।
साथै आइएमइ, वेस्टर्न युनियन, आइएमइ पे, युनाइटेड रेमिट, हिमाल रेमिट, सिटी एक्सप्रेसलगायतको रेमिट सेवाहरु सहकारीमा उपलब्ध छन् ।

