२०८३, कार्तिक ११ गते बुधबार

मन्जुश्री फाइनान्सको १८औं बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

मन्जुश्री फाइनान्सको १८औं बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


  • मेरोभ्यूज
  • कार्तिक १, २०८२ शनिबार

  • Manjushree Finance 1a .jpg

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं नयाँबानेश्वरमा कम्पनीका अध्यक्ष सुमन अधिकारीको सभापतित्वमा हालै सम्पन्न सो साधारणसभाले कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    चालु आ.व.को लेखापरीक्षकको प्रतिबेदनसहित असारमसान्तसम्मको वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, १५ प्रतिशत लाभांश वितरण गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा दिइएको जानकारी अनुसार कम्पनीको हाल कायम चुक्ता पूँजी रु. १,३५,१५,५२,८४८/८० पैसाको १५ प्रतिशतको दरले हुन आउने रकम रु. २०,२७,३२,९२७/३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    चालु आ.व.मा कम्पनीको शेयर कित्ता मूल्य रु. १०० को दरले जम्मा रु. १,३५,१५,५२,८४८/८० को बराबर १,३५,१५,५२८/४८८० कित्ता शेयर शेयरधनीहरुमा बाड्फाड भएको कम्पनीले बताएको छ । शेयर बापतको रकम चुक्ता भइसकेको समेत आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।

    यसैगरी चालू आ.व.मा कम्पनीको निक्षेपमा २५/८९ प्रतिशतले वृद्धि भएको छ भने लगानीमा ३६/६५, कूल कर्जामा १९/६५, कूल व्याज आम्दानीमा १/३७, संचालन मुनाफामा ४८/६५, र खुद मुनाफामा ३९/२३ प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी गराएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अधिकारी र प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले गरेका थिए । अन्य विविध छलफलका साथ साधारणसभा सम्पन्न भएको थियो ।

    Manjushree Finance 1b .jpg


    प्रकाशित : शनिबार, कार्तिक १ २०८२०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार