२०८३, कार्तिक १५ गते आइतबार

प्रहरीको ‘नमूना पेट्रोल पम्प’

प्रहरीको ‘नमूना पेट्रोल पम्प’


  • मेरोभ्यूज
  • कार्तिक २, २०८२ आइतबार

  • प्रहरीको ‘नमूना पेट्रोल पम्प’

     

    कास्की । नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो ।

    सो पम्पबाट पेट्रोल र डिजेल बिक्रीवितरण शुरु गरिएको प्रहरी प्रदेश कार्यालय पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

    “प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमितरुपमा इन्धन बिक्री वितरण शुरु गरेका छौँ । नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४ सै घण्टा नै सेवा दिनेछौँ”, उनले भने ।

    नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो । यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ ।

    सूचना अधिकारी सापकोटाका अनुसार रु. नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माण कार्य एक वर्षअघि शुरु भएको थियो । पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो ।

    नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो ।

    सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो । पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःशुरु भएको थियो ।


    प्रकाशित : आइतबार, कार्तिक २ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार