२०८३, कार्तिक १५ गते आइतबार

एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए


  • मेरोभ्यूज
  • कार्तिक १०, २०८२ सोमबार

  • एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

     

    मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बरसम्ममा एक लाख आठ हजार छ सय ८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

    अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार आठ सय ९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

    सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार सात सय १९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९ दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।

    तर यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार सात सय ८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् ।

    उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताललगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।


    प्रकाशित : सोमबार, कार्तिक १० २०८२१२:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार