काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको पुरानो बानेश्वरमा हालै कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष गौतमद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
चालु आ.व.को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
चालु आ.व.मा कम्पनीले १,७७,३२,८९३ रुपैयाँ खुद नाफा गरेको छ भने ९,६७,५४,९०१ रुपैयाँ कुल आम्दानी गरेको छ ।
अधिकृत पूँजी २८ करोड रहेको सो कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी पनि २८ करोड नै रहेको छ ।
साधारणसभामा शेयरधनीहरुले राखेका जिज्ञासाको समाधान अध्यक्ष गौतम तथा अन्य पदाधिकारीले गरेका थिए ।
यसैबीच विविध कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो भने खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिका स्थित रावा खोलामा ३ मेघावाट जलविद्युत आयोजना रहेको सो कम्पनीले विद्युत बिक्री वितरण गर्दै आइरहेको छ ।

