२०८३, कार्तिक १५ गते आइतबार

एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८२ सोमबार

  • एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

     

    बागलुङ । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

    हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकोले बर्सेनी करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ ।

    कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् ।

    यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकोमा ५५ हजार छ सय मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष खेती गरेको क्षेत्र र उत्पादनमा कमी आएको उनको भनाइ छ ।

    उनका अनुसार गत वर्ष तीन हजार सात सय हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार दुई सय ४० मेट्रिकटन उत्पादन भएको थियो ।

    गत वर्षको तुलनामा यस वर्ष आठ सय ४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको सूचना अधिकृत अधिकारीले जानकारी दिए ।

    ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

    “बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु उत्साहित भएर लागेको छ, तीन वर्षदेखि यस क्षेत्रमा विस्तार र उत्पादन बढाउनका लागि हामीहरु लागि रहेका छौँ”, अधिकारीले भने, “खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।”

    यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत शहरमा पुग्ने गरेको छ ।

    किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँ मात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ ।

    आलु लगाउने बेला लामो समय खडेरी पर्दा यस वर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।


    प्रकाशित : सोमबार, कार्तिक १७ २०८२०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार