२०८३, कार्तिक १२ गते बिहीबार

ललितपुर महानगरपालिकाद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण

ललितपुर महानगरपालिकाद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८२ सोमबार

  • ललितपुर महानगरपालिकाद्वारा जुम्लाको चन्दननाथमा गणेश मन्दिर निर्माण

     

    जुम्ला । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

    ललितपुर महानगरको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–५ मा पुरातात्विक शैलीमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन गर्न जुम्ला आएका प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिरजस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताए ।

    चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

    चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले रु. ३५ लाख सहयोग गरेको प्रमुख महर्जनले जानकारी दिए ।

    चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार उक्त मन्दिरको लागत रु. १९ लाख ७५ हजार रहेको छ । बाँकी रकम मन्दिरको प्रवेशद्वार बनाउन खर्च गरिने उनले बताए ।

    उनका अनुसार गणेशको मूर्ति बनाउने ढुङ्गा खोकनाबाट ल्याइएको थियो भने मन्दिर ललितपुरकै कालीगढलाई निर्माण गर्न लगाइएको थियो । मन्दिर सदरमुकाम खलङ्गाको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको छ ।

    ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच तीन वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना अघि बढाएको छ ।

    प्रमुख महर्जनका साथमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं. २८ का अध्यक्ष वीरेन्द्र महर्जनसहितको टोली जुम्ला आएका थिए ।


    प्रकाशित : सोमबार, कार्तिक १७ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार