२०८३, कार्तिक १५ गते आइतबार

यस वर्ष रु. एक अर्बभन्दा बढीको स्याउ उत्पादन

यस वर्ष रु. एक अर्बभन्दा बढीको स्याउ उत्पादन


  • मेरोभ्यूज
  • कार्तिक १८, २०८२ मंगलबार

  • यस वर्ष रु. एक अर्बभन्दा बढीको स्याउ उत्पादन

     

    मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार दुई सय ३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष सात हजार छ सय ३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

    गत वर्ष रु. ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकोमा यस वर्ष रु. एक अर्ब दस करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए ।

    यस वर्ष ८० प्रतिशत जिल्ला बाहिर निकासी भइसकेको छ भने दस प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै दस प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ ।

    यसवर्ष छ हजार एक सय आठ मेट्रिकटन बढी स्याउ जिल्ला बाहिर निकासी हुँदा रु. ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए ।

    साथै सात सय ६३ मेट्रिकटन अर्थात् रु. ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब सात सय ६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ ।

    यहाँ कूल आठ सय ३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार पाच सय ६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

    यहाँ स्थानीय स्याउ रु. ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु. एक सय ३० र हाइब्रिड स्याउ प्रतिकेजी रु. दुई सयमा बिक्री भइरहेको छ ।

    यस वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व दस दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ ।

    गत वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व दस दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ ।

    यसैगरी गत वर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ ।

    यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ ।

    यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए ।

    यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो ।

    गत वर्ष पाच सय ६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष पाच सय ८३ हेक्टर क्षेत्रफल पुगेको हो ।

    यसैगरी गत वर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा दस हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।


    प्रकाशित : मंगलबार, कार्तिक १८ २०८२०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार