काठमाडौं । इन्द्रधनुष बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाको १९औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभामा सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ भने लेखा समितिको प्रतिबेदन, आगामी बजेट सम्बन्ध, आ.व. २०८१/०८२ को आर्थिक प्रतिबेदन, लेखा परिक्षकको प्रतिबेदन साधारणसभाले पारित गरेको छ ।
आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी १ करोड ६५ लाख ६८ हजार ८०० रुपैयाँको भएको छ भने बचत तथा निक्षेप ४ करोड ५९ लाख ६ हजार ९९९ रुपैयाँ भइ ऋण तथा सापट ६ करोड २२ लाख ४ हजार ३४ रुपैयाँको हुन गएको छ । १ करोड १६ लाख ९६ हजार ७४२ रुपैयाँ जगेडा रहेको सो सहकारीले चालु आ.व.मा ९ करोड १८ लाख ९० हजार ४०९ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा सहकारीमा असल कारोबार गर्ने सदस्य चन्द्रध्वज भण्डारी र हिमाल गुरुङलाई सम्मान गरिएको थियो ।
सहकारीकर्मी, अभियन्ता, समाजसेवी, कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

