काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, कालोपुलको २५औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
काठमाडौं, कालोपुलमा सस्थाका अध्यक्ष उद्धवप्रसाद खनालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट सस्थाको आ.व. २०८१/०८२ तथा आ.व. ०८२/ ०८३ को प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले चालु आ.व.को आर्थिक प्रतिबेदन, आगामी बजेट सम्बन्ध, लेखापरीक्षकको प्रतिबेदन पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ४७ लाख ७५ हजार रुपैयाँको भएको छ भने बचत तथा निक्षेप २१ करोड ४५ लाख ३८ हजार ७३९ रुपैयाँ भइ ऋण तथा सापट १९ करोड ३२ लाख ६१ हजार ९८६ रुपैयाँ हुन गएको छ । १ करोड ९४ लाख ५२ हजार ५१ रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले चालु आ.व.मा ३१ करोड ५१ लाख ८४ हजार ६६७ रुपैयाँको कूल करोबार गर्न सफल भएको छ ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, अर्थविद, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने अन्य विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

