२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा


  • मेरोभ्यूज
  • मंसिर ८, २०८२ सोमबार

  • पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

     

    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ ।

    सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।

    लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन ।

    लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउनसके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

    नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन । लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ ।

    नेपाली भूमि लाप्चाबाट वर्षमा छ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ । हिउँद याममा हिमपातले छ महिना न्यालू, नारा लेख अवरुद्ध हुने हुँदा वैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ ।


    प्रकाशित : सोमबार, मंसिर ८ २०८२०९:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार