२०८३, कार्तिक १३ गते शुक्रबार

सिटिजन्स बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सिटिजन्स बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • मंसिर १२, २०८२ शुक्रबार

  • Citizen Bank Agm 12a .jpg

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि.को १९औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

    काठमाडौं, बत्तिसपुतलीमा बैंकका अध्यक्ष प्रबलजङ्ग पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत बैंकको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८२ असारमसान्तसम्मको बैंक तथा बैंकको सहायक कम्पनीहरुसहितको वासलात, नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्धका साथै विभिन्न प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।

    साधारणसभाले ०.२६३ प्रतिशतको दरले हुन आउने रकम रु. ३,८८,६५,८२३.५९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने ५ प्रतिशतको दरले हुने रकम रु. ७३,८४,५०,६४८.३० पैसा बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

    पूँजी संरचना अन्तर्गत २०८१/०८२ को अन्त्यसम्म बैंकको चुक्ता पूँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ कायम भइ निस्कासन बापत रु. ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० थप गरी २०८२ को अन्त्यसम्म बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९ सय ६६ कायम हुन गएको छ ।

    साधारणसभामा जनाइए अनुसार आ.व. २०८१ को अन्त्यसम्म बैंकको कूल सम्पत्ति रु. २२२ अर्ब ६८ करोड २२ लाख ३१ हजार रहेकोमा २०८२ को अन्त्यसम्ममा १०.१९ प्रतिशत वृद्धि भइ रु. २४५ अर्ब ३८ करोड २९ लाख ६६ हजार कायम भएको छ ।

    यसैगरी निक्षेपतर्फ २०८१ मा रु. १९१ अर्ब ६७ करोड ४६ लाख ७१ हजार परिचालन भएकोमा आ.व. २०८२ मा ११.६९ प्रतिशतले वृद्धि भइ रु. २१४ अर्ब ८ करोड १९ लाख ५२ हजार हुन गएको छ । ग्राहकतर्फ रु. २११ अर्ब ५० करोड ७ लाख ९३ हजार र बैंक तथा वित्तीय सस्थातर्फको रु. २ अर्ब ५८ करोड ११ लाख ५८ हजार रहेको छ ।

    त्यसैगरी कर्जा सापटीतर्फ आ.व. २०८१ मा रु. १५७ अर्ब ५८ करोड ७२ लाख ६९ हजार प्रवाह गरी आ.व. २०८२ मा ११.१५ प्रतिशतले वृद्धि भइ रु. १७५ अर्ब १६ करोड ४ लाख ८४ हजार हुँदै गर्दा रु. १ खर्ब ७३ अर्ब ८९ करोड ३४ लाख ४० हजार सर्वसाधारण र रु. १ अर्ब २६ करोड ७० लाख ४३ हजार बैंक तथा वित्तीय सस्थाहरुलाई कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ ।

    साधारणसभामा शेयरधनीहरुद्वारा राखिएको जिज्ञासाको समाधान अध्यक्ष पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Citizen Bank Agm 12b .jpg


    प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार