काठमाडौं । हे युवा बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, तिनकुनेको १६औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं, तिनकुनेमा सस्थाकी अध्यक्ष सलोनी प्रधानको सभापतित्वमा सम्पन्न सो साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रधानद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ ।
साधारणसभाले आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिबेदन, लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन, संचालक समितिको निर्णय अनुमोदन सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थको शेयर पूँजी १ करोड २२ लाख ९४ हजार ९०० रुपैयाँको भएको छ । निक्षेप दायित्व ५ करोड ९५ लाख ८५ हजार २४२ रुपैयाँ भइ ऋण लगानी ६ करोड ३० लाख ६० हजार ५०५ रुपैयाँ हुन गएको छ भने विविध गरी चालु आ.व.मा सस्थाले ७ करोड २४ लाख ३९ हजार ४४७ रुपैयाँको कुल करोबार गरेको छ ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, ज्येष्ठ सदस्य, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

