२०८३, कार्तिक १३ गते शुक्रबार

श्री निश्चल साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

श्री निश्चल साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • मंसिर १४, २०८२ आइतबार

  • Nishchal Saccos Agm 14a .jpg

    काठमाडौं । श्री निश्चल बचत तथा ऋण सहकारी सस्था लि. नयाँ बानेश्वर, काठमाडौंको १८औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष रुद्र गिरीको सभापतित्वमा सस्थाकै भवनमा सम्पन्न सो साधारणसभाले अध्यक्ष गिरीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखा सुपरीवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, आगामी अनुमानित बजेट सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत चालु आ.व.को वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी १ करोड ७५ लाख रुपैयाँको भएको छ । बचत कोष ५ करोड १७ लाख ६० हजार ५४१ रुपैयाँ भइ ऋण लगानी ५ करोड ५८ लाख ५० हजार रुपैयाँको हुन गएको छ भने विविध कारोबार गरि सस्थाले चालु आ.व.मा ६ करोड ६४ लाख ७३ हजार ४७३ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सस्थामा आवद्ध कारोबारी तथा संचालक सदस्यहरुको उपस्थिति रहेको थियो । यसैबीच अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Nishchal Saccos Agm 14b .jpg


    प्रकाशित : आइतबार, मंसिर १४ २०८२१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार