२०८३, कार्तिक १२ गते बिहीबार

विभिन्न प्रस्ताव पारित गर्दै नव युवा सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्ताव पारित गर्दै नव युवा सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर १४, २०८२ आइतबार

  • Nawa Yuba Saccos Agm 14d .jpg

    काठमाडौं । नव युवा बचत तथा ऋण सहकारी सस्था लि. पाटननढोका, ललितपुरको १८औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।

    पाटनढोका, ललितपुरमा शनिबार सस्थाका अध्यक्ष ज्ञानीबाबु महर्जनको सभापतित्व तथा ज्येष्ठ थकाली भैल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभामा आर्थिक प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब पारित भएको छ भने आगामी बजेट सम्बन्ध, लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात विवरण अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ३ करोड १७ लाख ८ हजार ६०० रुपैयाँको भएको छ भने निक्षेप ३१ करोड ३२ लाख ६८ हजार २१४ रुपैयाँ भइ कर्जा सापट २२ करोड ६२ लाख ६८ हजार २४३ रुपैयाँको हुन गएको छ ।

    यसैगरी अन्य विविध करोबार गरी सस्थाले चालु आ.व.मा ३९ करोड ४ लाख ६६५ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा ज्येष्ठ सदस्य, उत्कृष्ट कारोबारी, उत्कृष्ट कर्मचारीसमेतलाई सम्मान गरिएको थियो भने सहकारीकर्मी, अभियन्ता, सल्लाहकार, समाजसेवी, सस्थाका संचालक सदस्यहरु, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति साधारणसभामा रहेको थियो साथै अन्य विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

    Nawa Yuba Saccos Agm 14c .jpg


    प्रकाशित : आइतबार, मंसिर १४ २०८२१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार