
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बत्तिसपुतली, काठमाडौंमा मंगलबार बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले बैंकको संचालक समितिद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षणकको प्रतिबेदनसहित २०८२ असारमसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले चुक्ता पूँजी रु. २१,६०,००,००,०००/०० को ६.३१५८ प्रतिशतको दरले हुने रकम रु. १,३६,४२,१२,८००/०० लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साधारणसभामा जनाइए अनुसार बैंकको अधिकृत पूँजी रु. ४०,००,००,००,०००/०० रहेको छ भने चुक्ता पूँजी रु. २१,६०,००,००,०००/०० भइ जारी पूँजी पनि रु. २१,६०,००,००,०००/०० कायम भएको छ ।
समीक्षा अवधिमा बैंकले रु. ४१ अर्ब ९२ करोड कर्जा स्वीकृत गरेको छ भने मुद्दती निक्षेप हिसाब रु. ६ अर्ब ९३ करोड र रु. ५ अर्ब थप सङ्कलन गर्दै जम्मा रु. १४ अर्ब ९६ करोड भएको छ ।
त्यसैगरी सरकारी ऋणपत्र / टी बिलहरुमा बैंकको लगानी रु. ११ अर्ब ४ करोड रहन गएको छ भने बैंकको कूल सम्पत्ति रु. ४१ अर्ब ५५ करोड कायम भएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट उठाइएको विभिन्न जिज्ञासाहरुको समाधान अध्यक्ष अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले गरेका थिए । साथै २ जना संचालक सदस्यसमेत चयम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


