२०८३, कार्तिक ११ गते बुधबार

साहस उर्जा लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

साहस उर्जा लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • मंसिर २५, २०८२ बिहीबार

  • Sahash Saccos Agm 25b .jpg

    काठमाडौं । साहस उर्जा लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    बबरमहल, काठमाडौंमा हालै कम्पनीका अध्यक्ष हिमप्रसाद पाठ्कको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष पाठ्कद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रतिबेदनसहित आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।

    साधारणसभाले १.१०५३ प्रतिशतको दरले हुने रकम रु. ४,१७,७८,९४७/३७ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। चुक्ता पूँजी रु. ३,७८,००,००,००० को २१ प्रतिशतको दरले हुने रु. ७९,३८,००,०००।०० बराबरको ७९,३८००० कित्ता बोनस शेयर वितरण गर्ने भएको छ भने बोनस शेयर वृद्धि पश्चात् हुन आउने चुक्ता पूँजी रु. ४,५७,३८,००,०००।०० को १.१ बराबरको ४,५७,३८,००० कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

    हाल कम्पनीको अधिकृत पूँजी रु. १०,००,००,००,०००।०० रहेको छ भने जारी पूँजी रु. ७,५६,००,००,०००।०० रहन गइ चुक्ता पूँजी रु. ३,७८,००,००,०००।०० हुन गएको छ । ७० प्रतिशत सस्थापक शेयरधनी तथा ३० प्रतिशत सर्वसाधारणको शेयरको रुपमा कारोबार भइरहेको सो कम्पनीमा ८१५६ जनाको सस्थापक शेयरधनीहरुको लगानी रहेको छ ।

    चालु आ.व.को कार्तिक मसान्तसम्ममा विद्युत बिक्रीबाट कम्पनीले १,२०,२४,२४,७२४।०० रुपैयाँ प्राप्त गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

    यसैबीच साधारणसभामा शेयरधनीहरुबाट उठाइएका विभिन्न सवालहरुको जवाफ अध्यक्ष पाठ्क तथा अन्य पदाधिकारीहरुले दिएका थिए भने विविध कर्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Sahash Saccos Agm 25a .jpg


    प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार