२०८३, कार्तिक १३ गते शुक्रबार

अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न

अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर २७, २०८२ शनिबार

  • अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारीको १८औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । अन्नलक्ष्मी बहुउद्देश्यीय सहकारी सस्था लि. हाडीगाउँ, काठमाडौंको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    चाबहिल, काठमाडौंमा शनिबार सस्थाका अध्यक्ष अमर पन्तको सभापतित्व तथा प्रा.डा. दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष पन्तद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखापरीक्षकको प्रतिबेदनसहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, वासलात हिसाब साधारणसभाले पारित गरेको छ भने सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्ध, आगामी बजेट सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत आ.व. २०८२ असारमसान्त सम्मको वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी २ करोड ७८ हजार ४०० रुपैयाँको भएको छ भने बचत र निक्षेप दायित्व ६ करोड ६९ लाख ५९ हजार २४ रुपैयाँ भइ ऋण तथा सापट ७ करोड ९९ लाख ७ हजार ६७० रुपैयाँको हुन गएको छ ।

    यसैगरी विविध कारोबार गरी चालु आ.व.मा सस्थाले ९ करोड ३० लाख ७१ हजार २२५ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, शिक्षाविद, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, मंसिर २७ २०८२०८:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार