काठमाडौं । श्री गोरखकाली बहुउद्देश्यीय सहकारी सस्था लि.न्युरोड, काठमाडौंको ११औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बसुन्धरा, काठमाडौंमा हालै सस्थाका अध्यक्ष कृष्ण धितालको सभापतित्व तथा सस्थाका ज्येष्ठ सदस्य दुर्गालाल रन्जितकारको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष धितालद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
चालु आ.व.को आयव्यय विवरण, लेखा समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, आगामी बजेट सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा दिइएको जानकारी अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ३ करोड २३ लाख ५५ हजार रुपैयाँको भएको छ भने निक्षेप रकम १३ करोड ६३ लाख ९३२ रुपैयाँ भइ ऋण लगानी १६ करोड ९२ लाख ८२ हजार ६३३ रुपैयाँको हुन गएको छ । ८९ लाख ३० हजार ३५३ रुपैयाँ जगेडा कोष रहेको सो सहकारीले चालु आ.व.मा २० करोड १९ लाख ४३ हजार ८८ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सहकारीमा आवद्ध कारोबारीहरुको सहभागिता रहेको थियो भने सस्थामा रचनात्मक भूमिका निभाउने विभिन्न महानुभावहरुलाई सम्मानसमेत गरिएको थियो भने विविध कार्यक्रम गरी साधारणसभा सम्पन्न भएको थियो ।

