काठमाडौं । माउण्टेन इनर्जी नेपाल लि. को १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भाटभटेनी, नक्साल, काठमाडौंमा सोमबार कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष पाण्डेद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित असारमसान्तसम्मको वासलात, नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १.०५२६% को दरले हुने रकम रु. २,७३,९७,००७।०० नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी चुक्ता पूँजीको २० % ले हुने रकम रु. ५२,०५,४३,१४२।०० बोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी (रु.लाखमा) ५०,००० रहेको छ भने जारी पूँजी ३,९०,४१ भइ चुक्ता पूँजी २,६०,२७ कायम भएछ ।
कम्पनीको आयोजनाअन्तर्गत तादी खोला जलविद्युत (५ मे.वा.)ले सन्तोसजनक काम गरिरहेको कम्पनीले जनाएको छ भने मिस्ट्री खोला जलविद्युत (४२ मे. वा.)ले अन्तर्गत रु. २६,४०,७८,०६६।९९ नेपाल विद्युत प्राधिकरणले कम्पनीलाई भुक्तानी गर्नुपर्नेसमेत आयोजित साधारणसभामा जानकारी दिइएको थियो ।
त्यसैगरी मिस्ट्री खोला २ जलविद्युत आयोजना (१२ मे.वा.)का कामहरु पनि सक्रियताका साथ अघि बढिरहेको कम्पनीले जनाएको छ भने आ.व. २०८२/०८३ मा कम्पनीका सबै कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत कम्पनीले गरेको छ ।
साधारणसभामा उठेका विभिन्न सवालहरुको समाधान अध्यक्ष पाण्डेलगायतका पदाधिकारीले गरेका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

