२०८३, कार्तिक १५ गते आइतबार

राससकर्मी कार्यालय सहयोगी साहको बिदाई

राससकर्मी कार्यालय सहयोगी साहको बिदाई


  • मेरोभ्यूज
  • पौष ५, २०८२ शनिबार

  • Rajin 5b .JPG

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का कार्यालय सहयोगी राजीनन साह ५८ वर्षे उमेरहदका कारण रासस सेवाबाट निवृत्त भएको छ ।

    विसं २०५१ भदौ १९ गते सेवा प्रवेश गरेका उनले गत मंसिर मसान्तदेखि अवकाश पाएको हो । 

    रासस केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राससकर्मी साहको औपचारिक रुपमा बिदाइ गरियो । त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अवकाशपछि जीवनलाई सहज र सिर्जनशील बनाउनेतर्फ नयाँ पाइला अघि बढाउन आग्रह गरे ।

    “मानिसले जीवनको प्रत्येक क्षणको चुनौतीको सामना गर्न तयार हुनुपर्छ”, उनले थपे, “सेवामा रहँदाको सिकाइ र अनुभवका आधारमा अवकाशपछिको यात्रालाई सफल तुल्याउनुपर्छ ।”    

    राससका महाप्रबन्धक सन्दीप राईले जीवन्त संस्थामा नयाँ कर्मचारीको आगमन र पुरानाको बिदाइ स्वभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताए ।

    “अवकाश भनेको विश्राम होइन, अर्को यात्राको शुरुवात हो, यसलाई अधिकतम् सदुपयोग गर्नुपर्छ ।”

    अवकाशप्राप्त राससकर्मी साहले सेवामा रहँदा भए/गरेको तितामिठा अनुभव प्राप्त गर्नु स्वभाविक भएकाले नराम्रा पक्षलाई बिर्सनुपर्ने धारणा राखे । त्यस अवसरमा रासस केन्द्रीय कार्यालय, नेपाल पत्रकार महासंघ, रासस प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रासस, रासस कर्मचारी युनियन र रासस कर्मचारी संघका तर्फबाट संयुक्तरुपमा मायाको चिनो प्रदान गरी विदाई गरेका थिए ।

    Rajin 5a .JPG


    प्रकाशित : शनिबार, पौष ५ २०८२१०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार