काठमाडौं । सुपर मादी हाइड्रोपावर लि. को १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, बत्तिसपुतलीमा कम्पनी अध्यक्ष पुष्पज्योति ढुङ्गानाको सभापतित्वमा शुक्रबार सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्सिक प्रतिबेदन पारित गरेको छ ।
चालु आ.व.को लेखापरीक्षकको प्रतिबेदनसहित वासलात, नाफा/नोक्सान, हिसाब, नगद प्रवाह विवरण साधारणसभामा पारित भएका छन भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्ध तथा विभिन्न विशेष प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. २,२०,५०,००,०००।०० को ०.२६३२% को दरले हुने रकम रु. ५८,०२,६३२।०० नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने कायम चुक्ता पूँजीको ५% को दरले हुने रकम रु. ११,०२,५०,०००।०० बराबरको ११,०२,५०० कित्ता बोनस शेयर वितरण गरिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको अधिकृत तथा जारी पूँजी रु. २,२०,५०,००,०००।०० रहेको छ भने कम्पनीले २०८१/०८२ मा विद्युत बिक्रीबाट रु. १,१२,६५,६२,९९१।०० आम्दानी गरेको छ ।
साधारणसभामा उठेका विभिन्न जिज्ञासाको समाधान अध्यक्ष ढुङ्गाना तथा अन्य पदाधिकारीले गरेका थिए । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

