काठमाडौं । उत्तर विन्दु बहुउद्देश्यीय सहकारी सस्था लि. गोल्फुटार, काठमाडौंको १९औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष लालबहादुर तामाङको सभापतित्वमा बुढानिलकण्ठ न,गरपालिका (वुनपा) गोल्फुटार, काठमाडौंमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष तामाङद्वारा प्रस्तुत सहकारीको आ.व. २०८१/०८२ को बार्सिक प्रतिबेदन पारित गरेको छ ।
कोषाध्यक्षको प्रतिबेदन, लेखापरीबेक्षण समितिको प्रतिबेदन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत चालु आ.व.को वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी २ करोड ९२ लाख २१ हजार ९०० रुपैयाँको भएको छ । बचत तथा निक्षेप २० करोड ९३ लाख ३५ हजार ६३९ रुपैयाँको भएको छ भने ऋण सापट १९ करोड ७० लाख ५५ हजार १६४ रुपैयाँ भइ जगेडा ५६ लाख २४ हजार ६४९ रुपैयाँ रहन गएको छ ।
विविध कारोबार गरी चालु आ.व.मा सस्थाले ३१ करोड २६ लाख ८० हजार ११५ रुपैयाँको कूल कारोबार गरेको छ । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो भने विभिन्न कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

